Posts

Showing posts from October, 2022

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

Image
पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई दार्जीलिङ 12 अक्टोबर: पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको आरोप हाम्रो पार्टीले लगाएको छ।दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै सालदेखि पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा पूग्न पर्ने विकाश नपूगेको कारणले गर्दा पहाडको राजनैतिक दलहरू,संध संस्थाहरू साथै पहाडबासीहरूले पंचायत चूनावको मांग गर्दै आई रहेका थिए।गत केही महिना अधि राज्य निर्वाचन आयोग एंव राज्य सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पंचायत चूनाव को अधि सूचना जारी गर्दा पहाडको राजनैतिक दलहरू देखि लिएर संध संस्था साथै पहाडबासी खुशीले गद गद भएका थिए तर राज्य सरकारले राज्यको पंचायत अधिनियमलाई संशोधन गरेका छन।जसमा पहिला तराई क्षेत्रमा 7 सय मतदाताहरूको एक पंचायत सदस्य निर्वाचित हुने गथ्र्यो तर अहिले बढाएर 9 सय मतदाता हरूको एक सदस्य बनाएका छन।त्यसरी नै पहाड 250 मतदाताहरूको क्षेत्रलाई लिएर एक पंचायत सदस्य निर्वाचित क्षेत्र बनाएका थिए तर अहिले 750 मतदाताहरू क्षेत्रलाई एक पंचायत निर्वाचन क्ष...

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

Image
दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू। दार्जीलिङ 11 अक्टोबर: तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।दार्जीलिङ पयर्टन स्थल भएको हुनाले यहाँ देश विदेशका मानिसहरू घूम्न आउँने गर्छन अनि यहाँको हरियाली बन जंगल,झरना आदि जस्ता मन मोहक द्वश्यहरू हेरेर रमाउँने गर्छन तर दार्जीलिङ शहर को जताई तताई तारको गुच्छाहरूले मन मोहक द्वश्यहरू हेर्नलाई धेरै बाधा पूराई रहेको विषयहरूलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले गत केही दिन अधि वीएसएनएल लगायत विभिन्न ब्याबल नेटवर्क आदि जस्ता कम्पनीहरूको पदाधिकारीहरूलाई निम्ताएर शहरको तारहरू हटटाउँने विषयहरूमाथि गहन चर्चा परिचर्चा गरेर शहरको पूरानो क्याबल तारहरू हटटाउने प्रस्ताव पारित गरिएको थियो।जसको फलस्वरूप आज दार्जीलिङको चैरस्ता माल रोड क्षेत्रहरूबाट पूरानो तारहरू हटटाउने काम शुरू गरेको छ।शहरको विभिन्न क्षेत्रहरू हुदै दार्जीलिङ रेलवे स्टेशन आदि क्षेत्रहरूमा रहेको पूरानो तारहरू सवै हटाउने योजना बनाएको छ।

अन्तराष्ट्रिय किशोरी दिवस को उपलक्ष्यमा अनुग्यालय एन जी ओ , अर्किड भ्याली एकेडेमी एवं पोख्रेबुङ्ग जी पी २ को संयुक्त आयोजनामा किशोरी अनि विद्यार्थी हरु लिएर रियाली आयोजन गरियो

Image
  अन्तराष्ट्रिय किशोरी दिवस को उपलक्ष्यमा अनुग्यालय एन जी ओ , अर्किड भ्याली एकेडेमी एवं पोख्रेबुङ्ग जी पी २ को संयुक्त आयोजनामा किशोरी अनि विद्यार्थी हरु लिएर रियाली आयोजन गरियो। यहाँ स्थित साङ्गेतार फाटक देखि बजार हुँदै सेलिम्बोङ फाटक सम्म गरी एन जी ओ की उपासना सुब्बाले सम्बोधन गरिन् अनि आजको कार्यक्रम को महत्व बुझाउँदै नानीहरू , पाचायत कर्मी हरु सबैलाई कार्यक्रम सफल बनाई दिएकोमा धन्यवाद ज्ञापन गरिन् भनी संस्थाका तेन्जिङ नामग्याल लेप्चा ले जनाए।

पुटुङ चियाकमानका श्रमिक शान्त राई आफ्नो हग र अधिकार खोज्दै हिजो सोमबार समय १० बजेदेखि पुटुङ चियाकमानको कार्यलय अघि धर्नामा बसेका छन्

Image
 पानीघट्टा,१० अक्टोबर( निसं) पुटुङ चियाकमानका श्रमिक शान्त राई आफ्नो हग र अधिकार खोज्दै हिजो सोमबार समय १० बजेदेखि पुटुङ चियाकमानको कार्यलय अघि धर्नामा बसेका छन्। शान्त राईलाई गत महिनामा  बगानमा काम गर्दै गर्दा किराले टोकेको र किराले टोके पछि तिनलाई बगानको रूल अनुसार तिन दिनु छुट्टी दिनु पर्नेमा बगान संचालन समितिले  पिढीत राईलाई एक दिन छुट्टी दिएको र दुई दिन पाउनु बाँकी रहेको पिढीत राईले बताए। दुई दिन छुट्टीको अपिल गरेता पनि बगान संचालन समितिले अवहेलना गरेको आरोप लगाउँदै धर्ना बसेका छन्। यता बगान संचालन समितिले आज कार्यलयमा सभा गरेर दुई दिन छुट्टी दिने लेखित रूपमा पत्र दिएर धर्ना नबसिदिने आग्रह गर्दा राईले जब सम्म अधिबक्ता बन्दना राई र चियाकमान सुरक्षा समितिका सदस्यहरू आउँदैन म धर्नाबाट उठ्ठदिन भन्ने भने पछि धर्ना जारी नै रहेको थियो। लगभग एक बजेतिर चियकमान सुरक्षा समितिका सदस्यहरू साथै अधिबक्ता बन्दना राई र प्रताप खाती धर्ना स्थलमा आईपुगे पछि बगानको कोअडीनेटर बिकाश देवनलाई भेटने बताए पछि खबर लेखुनजेल देवन नआईपुगेकोले धर्ना स्थलमा नै दृया अधिबक्ता रहेका थिए। यस घटना सम्बन...