पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई
दार्जीलिङ 12 अक्टोबर: पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको आरोप हाम्रो पार्टीले लगाएको छ।दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै सालदेखि पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा पूग्न पर्ने विकाश नपूगेको कारणले गर्दा पहाडको राजनैतिक दलहरू,संध संस्थाहरू साथै पहाडबासीहरूले पंचायत चूनावको मांग गर्दै आई रहेका थिए।गत केही महिना अधि राज्य निर्वाचन आयोग एंव राज्य सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पंचायत चूनाव को अधि सूचना जारी गर्दा पहाडको राजनैतिक दलहरू देखि लिएर संध संस्था साथै पहाडबासी खुशीले गद गद भएका थिए तर राज्य सरकारले राज्यको पंचायत अधिनियमलाई संशोधन गरेका छन।जसमा पहिला तराई क्षेत्रमा 7 सय मतदाताहरूको एक पंचायत सदस्य निर्वाचित हुने गथ्र्यो तर अहिले बढाएर 9 सय मतदाता हरूको एक सदस्य बनाएका छन।त्यसरी नै पहाड 250 मतदाताहरूको क्षेत्रलाई लिएर एक पंचायत सदस्य निर्वाचित क्षेत्र बनाएका थिए तर अहिले 750 मतदाताहरू क्षेत्रलाई एक पंचायत निर्वाचन क्षेत्र बनाए को जनाउँदै यो पहाडबासीहरूप्रति ठूलो अन्याय भएको हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राई ले आरोप लगाए।दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै संगठनिक सचिव राईले अधि भने तराई क्षेत्रमा हरेक प्रकारको सुविधाहरू हुदा हुदै पनि त्यहा केवल 7 सयदेखि 9 सय मतदाताहरूको एक निर्वाचन क्षेत्र बनाएका छन तर पहाडको ग्रामिण क्षेत्रहरूमा तराई क्षेत्रहरूमा जस्तो यतायातहरूको सुविधाहरू छैन तर पहाडमा 250 देखि 750 मतदाताहरूको एउटा निर्वाचन क्षेत्र बनाउँनु पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीहरूलाई ठग्ने काम गरेको तिनले आरोप लगाए।तिनले अधि भने पहाडमा विगत धेरै सालदेखि पंचायत चूनाव भएको थिएन अनि अहिले पंचायत चूनाव हुने पक्का भएको छ,यो अति नै स्वागत योग्य विषय हो तर पंचायत चूनावको नाममा राज्य सरकारले पहाड बासीहरूलाई जो ठग्ने काम गर्दैछ,यसको सम्पूर्ण पहाड बासीहरूले विरोध गर्नै पर्छ।पहाडको सवै राजनैतिक दलहरू,संध संस्थाहरू सवैले यसको विरोध जनाउँनै पर्छ भन्ने राईले आहवान गरयो।हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले चिया श्रमिकहरूले 20 प्रतिशत पूजा बोनसमा कतिपय चिया बगानहरूमा 15 प्रतिशत वितरण गरेका छन।कतिपय चिया बगानहरूमा 10 प्रतिशतको दरले वितरण गरेका छन।15 प्रतिशत पूजा बोनस पाउँने चिया श्रमिकहरूले 5 प्रतिशत कहिले वितरण गर्ने,10 प्रतिशत पूजा बोनस पाउने श्रमिकहरूले रहल 10 प्रतिशत पूजा बोनस कहिले वितरण गर्ने भन्ने विषयहरूमाथि दबाव बनाउँने काम शुरू गर्न पर्छ भन्ने तिनले आहवान गरयो।बन्सल गु्रप चिया बगान मालिकसंग जीटीए चीफ अनित थापाले 10 प्रतिशत पूजा बोनस दिलाउने काम गरेका थिए।बन्सल गु्रप चिया बगानहरूमा कार्यरत श्रमिकहरूले अधिबाटै रोजी र मासिक बेतनहरू पाएका थिएनन।10 प्रतिशत पूजा बोनसको साटो बाकी रहेको रोजी र बेतन नै दशै अधि दिलाउन सकेका थिए धेरै राम्रो हुने थियो तर जे होस दशै अधि 10 प्रतिशत पूजा बोनस नै भए पनि श्रमिकहरूले पाए हामी खुशी नै छौ तर 20 प्रतिशत पूजा बोनसको रहल 10 प्रतिशत पूजा बोनस श्रमिकहरूले कहिले पाउने,भागोप्रमो र उसको श्रमिक संगठनले श्रमिकहरूको नाममा गरेको 23 दिनको आन्दोलन रोजी र बेतन साथै बन्सल गु्रपले श्रमिकहरू गरेको कामको रोजी र बेतन आदि जस्ता विषयहरूमा अब हामी नै कदम उठाउनु पर्ने स्थिति देखा परेको सचिव विक्रमादि राईले बताए।पहाडको धेरैवटा चिया बगानहरूको अवस्था दिन प्रति दिन विग्रिन्दै गएको हामीले मिडियाँ रिपोर्टहरू माफ्र्त थाहा पाउँदैछौ।यस्तो स्थितिमा जीटीएको चैकीमा बस्ने राजनैतिक दलले के कस्तो कदम उठाउने??भन्ने प्रश्न पनि राईले तेर्साए। हाम्रो पार्टी अनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ जहिले पनि श्रमिकहरूको पक्षमा रहेको छ अनि चिया श्रमिकहरूको पक्षमा जे जस्तो कदम उठाउनु पर्छ त्यो उठाउने छ हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले बताए।

Comments

Popular posts from this blog

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।

Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands#SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine. Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

८ जुलाई २०२१:-गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको बिभिन्न समस्याहरुको समाधान गरिनु पर्ने बिषयमा बातचीत गरेको छ। श्रम मन्त्री श्री बेचा राम मन्नालाई भेटेर प्रतिनिधि टोलीले बन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टैक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेको छ।यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने बिगतमा पनि तत्कालीन श्रम मन्त्री श्री मलय घटक अनि सह श्रम आयुक्तलाई यै संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।ज्ञापन पत्रमा २००८ देखि को संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख गरेको छ। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, युमो अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको थियो।