हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट हाम्रो क्षेत्रमा लागू पदार्थको तस्करी र दुरुपयोगमा वृद्धि कसैबाट लुकेको छैन। लागू पदार्थको कुलतको स्थानीय समुदायमाथि गम्भीर कुप्रभाव पर्दछ किनकि धेरैभन्दा धेरै युवाहरूले ड्रग्सको कुलतमा परेर आफ्ना जीवनलाई साथै सम्पूर्ण समाजलाई समेत खतरामा पुऱ्याइरहेका छन्। ड्रग्सको कुलतको खतरा यति भयङ्कर हुन्छ कि युवाहरूको सम्पूर्ण पिँढ़ी बर्बाद भएर जाने जोखिम हुन्छ, अनि हाम्रो क्षेत्रका सैकड़ौँ परिवारहरू यसका कारण पीड़ित छन्। यस सम्बन्धमा मैले, दार्जीलिङ्ग जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ्ग पुलिस अधिक्षक, अनि सिलगढ़ी पुलिस आयुक्तसँग हाम्रो क्षेत्रमा ड्रग्स तस्करीको शृङ्खलाबारे पूर्ण रूपले अन्वेषण गर्न अनुरोध गरेँ। मैले अति संवेदनशील "चिकेन नेक" क्षेत्रभरि अवैध बार, जुवाका अड्डा, मानव तस्करी, नक्कली मुद्रा, सुन तस्करी, लागू पदार्थ तस्करी, निषिद्ध वस्तु व्यापार, अनि हतियारहरूको तस्करीको बढ्दो संख्याबारे स्थानीय बासिन्दाहरूबाट शिकायत प्राप्त गरेको छु। हाम्रो क्षेत्र नेपा...
पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई दार्जीलिङ 12 अक्टोबर: पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको आरोप हाम्रो पार्टीले लगाएको छ।दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै सालदेखि पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा पूग्न पर्ने विकाश नपूगेको कारणले गर्दा पहाडको राजनैतिक दलहरू,संध संस्थाहरू साथै पहाडबासीहरूले पंचायत चूनावको मांग गर्दै आई रहेका थिए।गत केही महिना अधि राज्य निर्वाचन आयोग एंव राज्य सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पंचायत चूनाव को अधि सूचना जारी गर्दा पहाडको राजनैतिक दलहरू देखि लिएर संध संस्था साथै पहाडबासी खुशीले गद गद भएका थिए तर राज्य सरकारले राज्यको पंचायत अधिनियमलाई संशोधन गरेका छन।जसमा पहिला तराई क्षेत्रमा 7 सय मतदाताहरूको एक पंचायत सदस्य निर्वाचित हुने गथ्र्यो तर अहिले बढाएर 9 सय मतदाता हरूको एक सदस्य बनाएका छन।त्यसरी नै पहाड 250 मतदाताहरूको क्षेत्रलाई लिएर एक पंचायत सदस्य निर्वाचित क्षेत्र बनाएका थिए तर अहिले 750 मतदाताहरू क्षेत्रलाई एक पंचायत निर्वाचन क्ष...
आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।
Comments
Post a Comment