"हामी पानीघट्टा बगान कुनै पनि हालतमा खोल्न चाहन्छौं यदि कसैले राजनीतिको फायदा उठाइ षड्यन्त्र रचेर पानीघट्टा बगान खोलाउँने हाम्रो प्रयासमा बाधा पुर्याउँन चाहन्छ भने त्यो सहन हुने छैन"सचित गहतराजगोरामुमो केन्द्रीय नेता ।

"हामी पानीघट्टा बगान कुनै पनि हालतमा खोल्न चाहन्छौं  यदि कसैले राजनीतिको फायदा उठाइ षड्यन्त्र रचेर पानीघट्टा बगान खोलाउँने हाम्रो प्रयासमा बाधा पुर्याउँन चाहन्छ भने त्यो सहन हुने छैन"

सचित गहतराज
गोरामुमो केन्द्रीय नेता ।

बिगत १० अक्टोबर २०१५ देखि बन्द भएको पानीघट्टा चियाबारी यहाँको चारैवटा पार्टी क्रमश: गोरामुमो, भागोप्रमो, गोजमुमो र तृणमूल कांग्रेसको ट्रेड युनियनहरुद्वारा गठित पानीघट्टा बगान संचालन समितिको अथक प्रयास अनि जोइन्ट लेबर कमिशनर साथै पश्चिम बंगालको श्रम मन्त्रीको चासोले गर्दा चाँडै बगान खोलिने आशा छ । मालिक पक्ष, सरकार पक्ष र बगान संचालन समितिको बैठक बसिसकेको छ, चारैवटा ट्रेड युनियनले बगान खोल्नु पर्छ भनेर श्रम मन्त्रीलाई बिन्ती पत्र पठाइ सकेको छ अनि यसै सिलसिलामा मालिकपक्षद्वारा पानीघट्टा बगान भ्रमण पनि भैइसकेको छ ।

पानीघट्टा चिया बगानको श्रमिकहरुको हितलाई ध्यानमा राखेर नै बगान संचालन समितिले कार्य गर्दैछ । कुनै पनि राजनैतिक पार्टीको स्वार्थलाई बगान संचालन समितिले अहिले महत्व दिएको छैन । अहिले महत्व केवल श्रमिकहरुको हितलाई दिइएको छ । यसैले कसैले पनि यस्तो कार्य नगरिदिनु होला की जुन कार्यले गर्दा बगान खोल्ने हाम्रो प्रयासमा बाधा पुगोस् । बगान खोल्ने हाम्रो प्रयासमा यदि कसैले पनि बाधा सृष्टी गर्छन् भने त्यो पटक्कै सहन गरिने छैन । 

पानीघट्टा बाहिरबाट आएर पानीघट्टा बगानको माहौल बिगार्ने प्रयास हुँदैछ । टूल्ठूला नेता र नेत्रीहरु आएर जनताको हितलाई दमन गर्दै नेताहरुको हितलाई सहयोग पुर्याउँने काम हुँदैछ । यहाँको ट्रेड युनियनको नेतृत्वहरुलाई महत्व नदिएर बाहिरबाट नेताहरु भाडामा ल्याउँने काम हुँदैछ । बगान मालिकलाई पानीघट्टा बगानमा पस्न नदिने षड्यन्त्रहरु रचिन्दैछ । पानीघट्टा बगानलाई फेरि पनि २-४ जनाले आफ्नो स्वार्थपूर्तिको लागी आफ्नै नीजी बगान जस्तो चलाएर आफ्नो खल्तीमात्र भर्ने सपना देख्दैछ । हामीलाई यो स्वीकार्य छैन अनि कुनै पनि हालतमा स्वीकार्य छैन । 

पानीघट्टा बगान कुनै पनि हालतमा यथाशिघ्र खोलाउँनु पर्छ भनेर गोरामुमो, भागोप्रमो, गोजमुमो र तृणमूल काग्रेसका स्थानीय ट्रेड युनियन नेतृत्वहरुले पश्चिम बंगालका श्रम राज्य मन्त्री श्रीमान बेचरम मन्नालाई पत्रचार पनि गरिसकेको छ जसको कपी डिएम दार्जीलिङ र जेएलसी लाई पनि दिइएको छ । अब यसको उप्रान्त पनि केही ब्याक्तिहरुले राजनीतिको फायदा उठाएर बगान खोल्नमा बाधा पुर्याउँछ भने भोली उनीहरुले जनताको आक्रोसको सामना गर्नु पर्नेछ । हामी चारैवटा पार्टीको स्थानीय नेतृत्वहरु एक छौं । हाम्रो एकता नै हाम्रो शक्ति भएको छ । यसैले सकरात्मक सोंच राखेर बगान खोल्ने हाम्रो प्रयासमा सहभागी बनिदिने हामी सबै सबैलाई विनम्र निवेदन गर्दछौं ।

Comments

Popular posts from this blog

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।

Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands#SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine. Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

८ जुलाई २०२१:-गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको बिभिन्न समस्याहरुको समाधान गरिनु पर्ने बिषयमा बातचीत गरेको छ। श्रम मन्त्री श्री बेचा राम मन्नालाई भेटेर प्रतिनिधि टोलीले बन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टैक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेको छ।यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने बिगतमा पनि तत्कालीन श्रम मन्त्री श्री मलय घटक अनि सह श्रम आयुक्तलाई यै संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।ज्ञापन पत्रमा २००८ देखि को संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख गरेको छ। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, युमो अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको थियो।