८ जुलाई २०२१:-गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको बिभिन्न समस्याहरुको समाधान गरिनु पर्ने बिषयमा बातचीत गरेको छ। श्रम मन्त्री श्री बेचा राम मन्नालाई भेटेर प्रतिनिधि टोलीले बन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टैक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेको छ।यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने बिगतमा पनि तत्कालीन श्रम मन्त्री श्री मलय घटक अनि सह श्रम आयुक्तलाई यै संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।ज्ञापन पत्रमा २००८ देखि को संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख गरेको छ। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, युमो अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको थियो।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।