[कृषकहरूको मर्का बुझ्न खेतबारीमै पुगे विधायक निरज जिम्बा]

[कृषकहरूको मर्का बुझ्न खेतबारीमै पुगे विधायक निरज जिम्बा]

मिरिक:५ जुलाई(निसं) कृषकहरूको मर्का बुझ्न खेतबारीमै पुगे दार्जीलिङका विधायक निरज जिम्बा। आज मिरिक महकुमाको बुङकुलुङ बस्तीमा रोपाई चलिरहेको समयमा विधायक  जिम्बाले खेतबारीमा पुगेर कृषकहरूसँग भलाकुसारी गर्दै उनीहरूको मर्का बुझ्ने कार्य गरे ।

 यस अवधि उनले खेतमा कृषकहरूसँगै काम पनि गरे भने कृषकहरूलाई पहिलो रोपाईंको शुभकामना पनि व्यक्त गरे। यता पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा जिम्बाले भने, विशेष गरि बुङकुलुङ निवासी गोरामुमोका कर्मठ सदस्य एनबी लिम्बुले मलाई यहाँका एक विपन्न परिवारका कृषकले  रोपाई गर्ने जानकारी गराएका थिए। मैले यो अनुकरणीय कार्य गत असार पन्द्रहमा नै सम्पन्न गरिने भनेको थिए। 

तथापि एसआरआई पद्यतिबाट धान रोपाई गरिने भएकोले विलम्ब गरि रोपाई गरियो। मलाई पनि बुझ्नु थियो हाम्रा कृषकहरूको पीर मर्का त्यसैले आज यहाँ आएको हो। कृषिको कारण नै पहाड तथा हाम्रो क्षेत्र अघि बढेको हो। नेतृत्व भएपछि यस कुरोलाई बुझ्न जरूरी छ भने। हामीले खेतीपातीलाई संरक्षण गर्नु पर्छ, विशेष गरि जैविक खेती अनि बनजंगलको संरक्षणमा पनि लागि पर्नु पर्छ भने। आज म यहाँ आए अब म प्रत्येक वर्ष नै आउनेछु।  

यसपाली बुङकुलुङ आए भने आगामी दिन विभिन्न क्षेत्रमा पुग्नेछु। हाम्रो देश नै कृषिप्रधान देश हो। कृषिमा नै हामी निर्भर छौ। वर्तमानमा आधुनिक पद्धतिमा कृषि गर्ने गरेको देखेका छौ। तर यहाँ आधुनिक पद्दति भन्दा अधिक पौराणिक पद्धतिद्वारा नै रोपाई भइरहेको देख्यौ। तथापि बुङकुलुङमा पनि आधुनिक पद्धतिमा रोपाई गरिएको देखे। यसक्रममा विपक्षका नेताहरूलाई कटाक्ष कस्दै भने, राजनीतिक पार्टीका नेताहरू ठूल्ठूला कुराहरू गर्दै भाषण दिएर मात्र हुँदैन। 

जब सम्म उनीहरू माटोसँग खेलेका छैनन्,खेत गरेका छैनन्, हलो जोतेका छैनन्,गाउँ बस्तीका  आमा दिदी बहिनी कृषकहरूको पीर मर्का बुझेका छैनन् तबसम्म भाषण दिएर मात्र केही हुनेवाला छैन भने। पहाडको राजनीति डेटलकमा रहेको प्रसंगमा बोल्दै विधायक जिम्बाले भने, डेटलक त छ तर जबसम्म पीपीएसथि कुनै काम हुँदैन वा केन्द्र सरकारबाट समधानको फर्मुला आउदै तबसम्म पहाडको राजनीति डेटलकमा नै रहनेछ भने यसलाई समधान गर्नका लागि केन्द्र सरकारले चाँडो भन्दा चाँडो पहल गर्नुपर्छ भने।

 उनले सांसद राजु विष्टको प्रसंसा गर्दै भने, राजु विष्टले पहाडको समस्यालाई लिएर जहिले पनि सम्बन्धित विभागको ढोका ढकढकाई रहेका छन्। उनी पहाडलाई लिएर सांसद विष्टले जतिको कसैले काम गर्न सकेका छैनन्। आज बुङकुलुङ आएको समयमा उनले पहिलो रोपाईंको अवसरमा कृषक परिवारलाई सम्मान स्वरूप खदा पहिराएर सहयोग राशी पनि प्रदान गरे।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।