अप्पर कलेज भेल्लीका 145 घर परिवार द्वारा जिटीए ,सांसद राजु बिष्ट ,बिधायक निरज जिम्बा अनि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डलाई अपिल ।

अप्पर कलेज भेल्लीका 145 घर परिवार द्वारा जिटीए ,सांसद राजु बिष्ट ,बिधायक निरज जिम्बा अनि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डलाई  अपिल ।
रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत अप्पर कलेज भेल्ली जाने सडक मार्ग अतिनै चिन्ताजनक अवस्थामा रहेको स्थानीय अप्पर कलेज भेल्ली निवासी समाजसेवी अन्जान थुलुङले जानकारी दिएका छन् । उनले थप जानकारी दिदै भने , रंगबुल आलुङ्गे काउन्सिलर फाटक देखि अप्पर कलेज भेल्ली  सम्म पुग्ने सडक मार्ग केवल 3 किलोमीटर रहेको तर बर्तमान समयमा धेरैनै सोचनिय अवस्थामा रहेको कारण बिरामीहरु लान अनि पुर्‍याउन धेरैनै कठिनाइहरुको सामना गर्नु परेको साथै बिरामीले ज्यान समेत गुमाउनु परेको गर्भवती महिलाहरु सडक मार्ग सहि नभएको कारण बाटोमानै निको भएका पनि छन् तर यसरी कहिले  सम्म भनी  उनले जनाएका छन् । अन्जान थुलुङले थप जानकारी दिए अनुसार सुबास घिसिङको पालोमा बनिएको उक्त सडक मार्गलाई 2007 देखि अझै सम्म मर्मतीको कार्य नगरेको गुनासो पोख्दै हामीले जिटीए अनि सम्बन्धित बिभागमा धेरै पटक जनाएका थियौ  तर अहिले सम्म कुनै कार्वाही भएको उनले जानकारी दिएका छन् । अन्जान थुलुङले जिटीए , सांसद राजु बिष्ट , बिधायक निरज जिम्बा अनि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डलाई  अप्पर कलेज भेल्ली पुरानो गाउँका 145 घर परिवारको तर्फबाट 2021 भित्रमा सडक मार्ग मर्मतीको कार्य गरिदिने अपिल गरेका छन् । साथै उनले बिश्वास व्यक्त गर्दै हाम्रो यस सडक मार्गलाई मर्मतीको निम्ति  गम्भीरतापूर्वक लिइने छन् भनेर बिश्वास व्यक्त गरेका छन् ।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।