हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट
हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट हाम्रो क्षेत्रमा लागू पदार्थको तस्करी र दुरुपयोगमा वृद्धि कसैबाट लुकेको छैन। लागू पदार्थको कुलतको स्थानीय समुदायमाथि गम्भीर कुप्रभाव पर्दछ किनकि धेरैभन्दा धेरै युवाहरूले ड्रग्सको कुलतमा परेर आफ्ना जीवनलाई साथै सम्पूर्ण समाजलाई समेत खतरामा पुऱ्याइरहेका छन्। ड्रग्सको कुलतको खतरा यति भयङ्कर हुन्छ कि युवाहरूको सम्पूर्ण पिँढ़ी बर्बाद भएर जाने जोखिम हुन्छ, अनि हाम्रो क्षेत्रका सैकड़ौँ परिवारहरू यसका कारण पीड़ित छन्। यस सम्बन्धमा मैले, दार्जीलिङ्ग जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ्ग पुलिस अधिक्षक, अनि सिलगढ़ी पुलिस आयुक्तसँग हाम्रो क्षेत्रमा ड्रग्स तस्करीको शृङ्खलाबारे पूर्ण रूपले अन्वेषण गर्न अनुरोध गरेँ। मैले अति संवेदनशील "चिकेन नेक" क्षेत्रभरि अवैध बार, जुवाका अड्डा, मानव तस्करी, नक्कली मुद्रा, सुन तस्करी, लागू पदार्थ तस्करी, निषिद्ध वस्तु व्यापार, अनि हतियारहरूको तस्करीको बढ्दो संख्याबारे स्थानीय बासिन्दाहरूबाट शिकायत प्राप्त गरेको छु। हाम्रो क्षेत्र नेपा...
Comments
Post a Comment