राजमार्ग १० मा वाहन दुर्घट्ना । चालकको घटना स्थल मै मृत्यु।

#NB_TIMES
राजमार्ग १० मा वाहन दुर्घट्ना । चालकको घटना स्थल मै मृत्यु।
राजमार्ग 10 अन्तर्गत पर्ने हनुमान मन्दिर छेउ वाहन दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको खबर अघि आएको छ।
रियाङ पुलिसद्वारा प्राप्त जानकारी अनुसार आज मंगलबार बिहान 6:30 बजि हाइवे 10 अन्तर्गत हनुमान झोडा छेउ उक्त दुर्घटना भएको हो। जहाँ चालक मङ्पु निवासी 36 वर्षीय प्रणय राइको घटना स्थलमै मृत्यु भएको हो। बताइए अनुसार चालक प्रणय राई WB 73F 7534 नम्बर पिक अप वाहन लिएर सिलिगुडीतर्फ गैरहेका थिए। उक्त ठाउँ आइपुग्दा चालकले नियन्त्रण हराइ पठाउदा दुर्घटना भएको हुन सक्ने रियाङ पुलिसको भनाइ छ। बाटोदेखी 100 फिट तल वाहन झरेर दुर्घटना ग्रस्त हुँदा चालक प्रणय राइले ज्यान गुमाएका हुन् । दुर्घटना भएको लगभग एक घन्टा पछि 7:30 बजि खबर पाउन साथ रियाङ पुलिस घटना स्थलमा पुगेर मृत चालकको शव बरामद गरिएको हो। पुलिसले दुर्घटना ग्रस्त वाहन थानामा राखेको छ भने शवलाई पोस्टमर्टमको निम्ति कालेबुङ जिल्ला।अस्पताल पठाइएको छ।
Source:DSTV

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands#SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine. Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

TRAGIC : दलमोर चिया बगानमा एक जंगली हातीको मृत्यु | विद्युत तारमा लाग्नाले मृत्यु भएको अनुमान गरिएको छ |