कंचनजङ्गा उद्घार केन्द्रले बिहारबाट हराएकी सिलगढीकी महिलालाई गर्यो उद्घार
कंचनजङ्गा उद्घार केन्द्रले बिहारबाट हराएकी सिलगढीकी महिलालाई गर्यो उद्घार
कंचनजङ्गा उद्घार केन्द्रले सिलगढी दार्जीलिङ मोडबाट ९ फरवरी २०२१ देखि हराएकी महिलालाई बिहारमा उद्घार गरेको छ ।
रंगु सौर्याको टिमले ती महिलालाई प्रधाननगर थानाको उपस्थितिमा परिवार पक्षलाई सुम्पेको छ । यसै बिषयमा बोल्दै सौर्याले भनिन्, " यी महिला ९ फरवरी २०२१ देखि हराएकी थिइन्। प्राप्त जानकारी अनुसार उनी फेसबुक मार्फत एकजना अज्ञात व्यक्तिको मायाजालमा परिन् । त्यही व्यक्तिले महिलालाई भेट्न भनेर सिलगढी बोलाएपछी त्यसले पहिला पट्ना हुँदै महिलालाई छ्परा पुर्यायो ।"
कंचनजङ्गा उद्घार केन्द्रले यस केसलाई जुन ५ तारीख देखि लिएको थियो । सौर्याले केसलाई राम्ररी अनुसन्धान गरेपछि उनको छपराको नगर थाना सँग सम्पर्क बनेको थियो । यस उद्घारकार्यमा सहयोग गर्ने इन्सपेक्टर परवेज आलामलाई पनि सौर्याले धन्यवाद दिएकी छन् जसले गर्दा पिडित महिलालाई १३ जुनमा उद्घार गरिएको थियो ।
( गोर्खाल्यान्ड 24×7 न्यूज डेक्स )
Comments
Post a Comment