बिधायक निरज जिम्बा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा बर्तमान समय कोरोना भाइरसको प्रकोप संग लड्नको निम्ति दार्जिलिङ पहाडका विभिन्न क्षेत्रमा विभिन्न सामग्रीहरु बितरण गरिरहेका छन्!
बिधायक निरज जिम्बा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा बर्तमान समय कोरोना भाइरसको प्रकोप संग लड्नको निम्ति दार्जिलिङ पहाडका विभिन्न क्षेत्रमा विभिन्न सामग्रीहरु बितरण गरिरहेका छन् ।यसैक्रममा बिधायक निरज जिम्बाले सियोक चियाबारी अन्तर्गत भष्मे गाउँ समाजमा कोरोना संक्रमण बडेको कारण यसलाई रोक्न मद्दत मिलोस भनेर विभिन्न सामाग्रीहरु सेनेटाइजर मशीन , हाइपोक्लोराइट रासायनिक सेनिटाजर क्लिनिकल मास्क , हातमा लगाउने सेनेटाइजर , पञ्जा सर्जिकल क्याप , पीपीई किट्स , भापुर मशिन , अनि अक्सिमिटर आदि सामाग्रीहरु समाजका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका छन् ।बिधायक निरज जिम्बाले जानकारी गराए अनुसार स्थानीय ढाड गाउँ समाजका प्रतिनिधिहरुले फोन मार्फत जानकारी गराए अनुसार मैले कोविड फाइटिङ किट्स गरेको छु ।बिश्व स्वस्थ्य संस्थाको दिशानिर्देश अनुसार मैले कोरोनाको प्रकोप लाई रोक थाम गर्न विभिन्न सामाग्रीहरु प्रदान गरेको छु र सबैले आफ्नो क्षेत्र बाट सहयोग पुर्याउदै आएका छन् । भारत देशमा यस पटक धेरैनै बडेर गएका छन् यसलाई हामी सबै मिलेर कार्य गर्न पर्छ भनी बिधायक निरज जिम्बाले आफ्नो बिज्ञप्तिमा अपिल गरेका छन् । सियोक चियाबारी भष्मे गाउँ समाजका प्रतिनिधिहरुले बिधायक निरज जिम्बालाई विभिन्न सामाग्रीहरु प्रदान गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
Comments
Post a Comment