गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य पी सी अग्रवालले पश्चिम बंगालका राज्यका राज्यपाल जगदीप धनकरलाई भेटघाट गरि बर्तमान समय दार्जिलिङ पहाड तराई अनि डुवर्सको विभिन्न समस्याहरु लिएर राज्यपाल लाई भेटघाट गरि ज्ञापनपत्रसमेत बुझाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

#NB_TIMES
गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य पी सी अग्रवालले पश्चिम बंगालका राज्यका राज्यपाल जगदीप धनकरलाई भेटघाट गरि बर्तमान समय दार्जिलिङ पहाड तराई अनि डुवर्सको विभिन्न समस्याहरु लिएर राज्यपाल लाई भेटघाट गरि ज्ञापनपत्रसमेत बुझाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।
यसैक्रममा पीसी अग्रवालले आफ्नो ज्ञापनपत्रमा गोर्खाहरुको सपना मेरो सपना भनी प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो चुनाव प्रचार प्रसारको क्रममा भनेका थिए । चुनाव प्रचार प्रसारकै क्रममा गृहमन्त्री अमित शाहले 11 जनजाति साथै स्थायी राजनैतिक समाधान बिजेपीको घोषणा पत्रमा उल्लेख रहेको र यसको निम्ति हामी कटिबद्ध रहेको वचनलाई केन्द्र सरकारले पूरा गर्छ भनी बिश्वास गरेका छौ साथै राज्यपालले उपयुक्त समय अनि चाडैनै भारत सरकारको गृह मन्त्रालयले गोर्खाहरुलाई न्याय पाउने जानकारी दिएका छन् ।जिटीए सम्बन्धि गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए जिटीए गठन गैर कानुनी थियो र यसलाई रद्द गर्न सरकारले ठोस कार्य गरिदिने अपिल समेत गरेको पीसी अग्रवालले जनाएको साथै यस बिषय लाई राज्यपालले गम्भीरतापूर्वक लिदै भारत सरकारले बिचार बिमर्श गर्ने छन् भनी जनाएका छन् । यसैगरी आफ्नो ज्ञापनपत्रमा उनले राष्ट्रिय राजमार्ग 55 लाई फराकिलो बनाउने सम्बन्ध पहाड टोय ट्रेनका विभिन्न समस्याहरु , पहाडमा बेरोजगारी समस्याहरु बडेको र यसलाई सरकारले उचित पहल गरिदिने पत्रमा उल्लेख गरिएको उनले जानकारी दिएका छन् साथै पहाडका चियाबारीका श्रमिकहरुले भोगिरहेका समस्याहरुलाई लिएर राज्यपाल जगदीप धनकरलाई जानकारी गराएको पीसी अग्रवालले जानकारी दिएका छन् ।

Comments

Popular posts from this blog

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।