पश्चिम बङ्गालका राज्यपाल जगदीप धनकडले जी टी ए मा धाधली भएको छ, यहाँ अडिट गराउनु पर्छ भन्ने जी टी ए माथि लगाएको आरोप माथि पूर्व जी टी ए अध्यक्ष अनि थापाको प्रतिक्रिया:
प्रतिक्रिया
पश्चिम बङ्गालका राज्यपाल जगदीप धनकडले जी टी ए मा धाधली भएको छ, यहाँ अडिट गराउनु पर्छ भन्ने जी टी ए माथि लगाएको आरोप माथि पूर्व जी टी ए अध्यक्ष अनि थापाको प्रतिक्रिया:
"हामी दार्जीलिङ्ग पहाडलाई शान्तिमय राख्न चाहन्छौ। कुनै पनि परिस्थितिमा दार्जीलिङ्ग पहाड अब अशान्त हुँदैन।" अनित थापा
अडिटको कुरा पहिला पनि भएको हो। कुनै पनि व्यवस्थामा अडिटको अति नै जरुरी छ। मैले अडिटलाई जहिले पनि स्वागत गरेको छु।
जी टी ए मा आन्तरिक अडिट भई नै रहेको छ, जहाँ सम्म मेरो जानकारी छ। जी टी ए मा कस्ताे किसिमको काम भई रहेको छ, त्यो सबैलाई राम्ररी जानकारी भएको विषय हो। We always welcomed audit.
गभर्नरले पहाड आउँदा पहाडको हितको काम गरेर जानु पर्छ। राजनैतिक सोच राखेर आएर मात्र हुँदैन। महामहिमको भ्रमण अनि बयानले शान्त पहाडलाई उत्तेजित गर्ने, आन्दोलनको माहौल तयार गर्ने काम भएको म महसुस गर्दैछु। दार्जीलिङ्ग पहाड अशान्त थियो। त्यो अशान्तिलाई शान्तिमा ल्याउने कार्य हामीले सबैलाई एक साथ लगेर गर्यौ। हामीले सबै संग सन्तुलन राखेर काम गरेका हौं।
भविष्यमा पनि हामी दार्जीलिङ्ग पहाडलाई शान्तिमय राख्न चाहन्छौ। कुनै पनि परिस्थितिमा दार्जीलिङ्ग पहाड अब अशान्त हुँदैन।
दार्जीलिङ्ग पहाडवासीलाई निवेदन गर्न चाहन्छु, हामी विगत दिनमा धेरै झुक्कियौ, हामीलाई उचालेर हाम्रो पहाडलाई अशान्त पार्न धेरै खोज्यो। अब जो कोही पनि जस्तो सुकै विचार लिएर पहाड आउँछ, कसैको उत्तेजना गर्ने विचार पटी नलागेर हाम्रो पहाडलाई राम्रो पहाड बनाउनु पटि लाग्नु पर्छ।
चुनावमा हार जीत हुन्छ नै। त्यसलाई स्वीकार गरेर पहाड कै निम्ति हामी काम गर्नु पर्छ। हामी प्रयास गरिरहेका छौ। धेरै मानिसले बुझ्दैछन।
#उत्तर बंगाल राज्य विषय
मलाई यो विषयमा केही भन्नु छैन कारण यो राज्य अनि केन्द्रको विषय हो। हामी सानो व्यवस्था चलाउछौं। हामी शान्ति संग बस्न चाहन्छौ। हामीलाई अहिले चाहिएको प्रमुख कुरा नै शान्ति हो। यहाँको पर्यटन फस्टाउन हो भने शान्ति कायम राखेर नै फस्टाउन सकिन्छ। हाम्रो विकास अनि रोजगार बंगाल सरकार बाट नै आउँछ जब कि पहाडले अहिलेको बंगाल सरकारको पक्षमा भोट पनि हाल्दैन तरै पनि यहाँ विकास भई रहेको छ, रोजगार को दैलो खोलिँदै जाँदैछ।
२०१७ देखि हामीले बोर्ड अफ एडमिनिस्ट्रेटर, जी टी ए मार्फत धेरै विकास को कार्य गर्न सक्षम भएका छौं।आगामी दिनमा पान पहाडले यस्तै विकासको अपेक्षा साँचेको छ।
अनित थापा
पूर्व अध्यक्ष
जीटीए
Comments
Post a Comment