दोकान डाँडा, वार्ड नम्बर २० मा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानलाई सम्बर्द्धना

दोकान डाँडा, वार्ड नम्बर २० मा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानलाई सम्बर्द्धना
" खरसाङ नगरपलिकालाई उच्च कोटीको नगरपालिका बनाउनु नै हाम्रो मुख्य उद्देश्य रहेको छ।" सुवास प्रधान, उपाध्यक्ष, खरसाङ नगरपालिका 
दोकान डाँडा स्थित सामाजिक भवनमा आयोजित एक कार्यक्रममा वार्ड नम्बर २० का पार्षद साथै खरसाङ नगरपालिकाका नव नियुक्त उपाध्यक्ष सुवास प्रधानलाई वार्डवासीले बधाई साथै सम्मान जनाए। वार्डवासीको मात्र पार्षद नभएर अब सम्पूर्ण खरसाङ नगरपालिका कै उपाध्यक्ष हुनु वार्डवासीको निम्ति गर्वको कुरा हो। श्रीमती रेणु रुम्बाले वार्डवासीको तर्फबाट बधाई पत्र चढाउँदै भनिन्।
कार्यक्रममा सुबास प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए।
मुख्य अतिथि को आसन बाट सभालाई सम्बोधन गर्दै सुवास प्रधान ले भन्नु भयो, " प्रथम २० नम्बर वार्ड वासीलाई धन्यवाद। नगरपालिकाको उपाध्यक्षको पद केवल गरिमामय पद नभएर ठूलो चुनौती पूर्ण पद रहेको छ। खरसाङ नगरपलिकालाई उच्च कोटीको नगरपालिका बनाउनु नै हाम्रो मुख्य उद्देश्य रहेको छ। नगरवासीले पाउनु पर्ने मूलभूत सुविधाहरु लाई हामी कुशल पुर्वक व्यवस्था गर्ने दिशा तर्फ काम गर्न लागेका छौ। हाम्रो एउटै मन्त्र छ खरसाङ नगरपालिका का वासिन्दाले दुःख पटक्कै नपाओस्। खरसाङ शहर सफा सहर बनोस।"
सभालाई सम्बोधन गर्दै श्री एल डी मोक्तान, एक वरिष्ट नागरिक साथै डाँडा गाउँ समाजको सल्लाहकारले भन्नु भयो, " खरसाङ नगरपालिकाको उपाध्यक्षको पद गरिमामय पद हो। यो पदमा आसीन हुनु सजिलो चाहिँ होइन। गोर्खा जनमुक्ति मोर्चाका महा सचिव साथै भूतपूर्व जी टी ए अध्यक्ष श्री अनित थापाको समाज अनि व्यवस्था प्रतिको सोच को परिणाम स्वरूप हामीले नगरपालिका मा सामूहिक नेतृत्व मा विश्वास राख्ने अध्यक्ष अनि उपाध्यक्ष पाएका छौ। अनित थापा प्रति  हामी आभारी छौं।"
उनले अझ भने, " सुबास प्रधान को आफ्नो मेहेनत को कारण अनि जनता ले उनलाई अनि उनको काम रुचाए र नै उनी यो पदका हकदार बनेका हुन्।उहाँको क्षमता को कारण नै उनी खरसाङ नगरपालिका को उपाध्यक्ष बनेका हुन्। उनलाई केवल वार्डवासीले मात्र माया नगरेर गोर्खा जनमुक्ति मोर्चा पार्टीमा पनि उनको ठूलो योगदान छ। साथै एक साधारण पार्षद भएर पनि उनले नगरपालिकाको प्रवक्ता जस्तो भएर विगत का दिनहरूमा कार्य गरिरहनु भएको थियो।"
खरसाङ नगरपालिका गोर्खा जनमुक्ति मोर्चा पार्टी अधिनस्थ नगरपालिका हो। १० जूनको दिन खरसाङ नगरपालिकामा नयाँ अध्यक्ष अनि उपाध्यक्षले कार्य भार सम्हालेका छन। अध्यक्षको पदमा श्री ब्रिगेन गुरुङ हुनुहुन्छ।

Comments

Popular posts from this blog

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।

Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands#SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine. Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

८ जुलाई २०२१:-गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको बिभिन्न समस्याहरुको समाधान गरिनु पर्ने बिषयमा बातचीत गरेको छ। श्रम मन्त्री श्री बेचा राम मन्नालाई भेटेर प्रतिनिधि टोलीले बन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टैक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेको छ।यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने बिगतमा पनि तत्कालीन श्रम मन्त्री श्री मलय घटक अनि सह श्रम आयुक्तलाई यै संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।ज्ञापन पत्रमा २००८ देखि को संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख गरेको छ। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, युमो अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको थियो।