गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले दार्जिलिङ जिल्ला अधिकारीलाई भेटघाट गरि बर्तमान समयमा पहाडको विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै पहाडमा आउन सक्ने आपदा हरु संग लड्नको सरकार के कस्तो सहयोग पाउन सकिन्छ र सरकार द्वारा के कस्तो तयारीहरु भइरहेका छन् भनी बैठकमा व्यापक छलफल गर्दै ज्ञापनपत्रसमेत बुझाएको कमिटीका अध्यक्ष वाई लामाले जानकारी दिएका छन् ।

गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले दार्जिलिङ जिल्ला अधिकारीलाई भेटघाट गरि बर्तमान समयमा पहाडको विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै पहाडमा आउन सक्ने आपदा हरु संग लड्नको सरकार के कस्तो सहयोग पाउन सकिन्छ र सरकार द्वारा के कस्तो तयारीहरु भइरहेका छन् भनी बैठकमा व्यापक छलफल गर्दै ज्ञापनपत्रसमेत बुझाएको कमिटीका अध्यक्ष वाई लामाले जानकारी दिएका छन् ।उनले थप जानकारी दिदै भने , प्राकृतिक आपदा संग जुझ्नको निम्ति हाम्रो मानिसहरुले धेरै दुख भोग्नु परेको कारण जिटीए अनि ब्लक स्थरबाट पाउन पर्ने सुबिधाहरु सहि ढंगले नपाएको गुनासोहरु रहेका कारण यस विषयलाई पनि जिल्ला अधिकारी संमक्ष राखे पछि जिल्ला अधिकारीले गोरामुमो डिजास्टर कमिटीलाई सरकार बाट हुने हर संभाव सहयोग पुर्‍याउने वचन दिएको र जिल्ला अधिकारी संग बैठक अतिनै फलदायी रहेको वाई लामाले जानकारी दिएका छन् । वाई लामाको नेतृत्वमा कमिटीका सदस्यहरु सुवर्ण राई अनिल गुप्ता, अमर तामाङ अनि गोपाल छेत्री उपस्थित थिए । यसैक्रममा गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई भेटघाट गरि विभिन्न विषयहरुमा छलफल गरेका छन् । ब्राञ्च अध्यक्ष अजय एड्वर्डले सबै एक भएर कार्य गर्ने साथै डिजास्टर म्यानेजमेन्ट कमिटीलाई आफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउने वचन दिएको वाई लामाले जानकारी दिएका छन् ।
यसैक्रममा कमिटीका उपाध्यक्षा मन्जिला तामाङ , बसुन्धारा प्रधान , सुरज कटुवल , संजय खवास अनि सीपी छेत्री अनि बुद्ध यल्मोको टोलीले दार्जिलिङ नगरपालिका सचिवलाई भेटघाट गरि विभिन्न समस्याहरु विषय लिएर छलफल गर्दै ज्ञापनपत्रसमेत बुझाएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।