आजको राशिफल ०८-०६-२१

 आजको राशिफल - Aajako Rashifal

२०७८ जेठ २५ गते, मंगलवार, ८ जुन २०२१। 

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट वा सम्पर्क हुनेछ। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अवसर प्राप्त भए पनि वादविवादले समस्या निम्त्याउन सक्छ। कमजोर विकल्प रोज्नाले पछि परिनेछ।


वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। यात्राकाे साइत जुर्न सक्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।  


मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। केही अवसर प्राप्त हुनेछन् तर स्रोत–साधन जुटाउन अधिक खर्च लाग्न सक्छ। सरसापट तथा भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा सानाेतिनाे यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। तत्कालको फाइदाले पछिलाई घाटा लगाउन सक्छ।


कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा दिगाे काम गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने अवसर जुट्नेछ। सुरुमा मनग्य आम्दानी भए पनि दिउँसाेदेखि भैपरी आउने समस्याले खर्च गराउन सक्छ। पराेपकारमा जुट्न सकिनेछ।


सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउनेछ।


कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थिति असहज रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा पनि केही सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसकिए पनि सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ।


तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। 


वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। स्रोत–साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।


धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण समयको गतिलाई पछ्याउन नसकिएला। अरूका लागि बुद्धि खर्चनुपर्ला। अध्ययनमा ध्यान दिन नसकिएला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ।प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। 


मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। परिवारलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। 


कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बिना योजना काम गर्दा पनि अलि दु:ख पाइनेछ। पुरानो गतिले काम बिग्रन सक्छ।


मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्नै वचन पालना गर्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउनेछ। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands#SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine. Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

TRAGIC : दलमोर चिया बगानमा एक जंगली हातीको मृत्यु | विद्युत तारमा लाग्नाले मृत्यु भएको अनुमान गरिएको छ |