बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ १६ नम्बर वार्डबाट ३६ घर बिनय पंन्थी मोर्चामा सामेल , अप्पर इच्छेबाट पनि १० परिवारले समाए गोजमुमोको झण्डा ।
बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ १६ नम्बर वार्डबाट ३६ घर बिनय पंन्थी मोर्चामा सामेल , अप्पर इच्छेबाट पनि १० परिवारले समाए गोजमुमोको झण्डा ।अहिले गोर्खा जनमुक्ति मोर्चा बिनय समूहमा सामेल हुने क्रम जारी छ ।आज कालेबुङको एउटा होटलमा आयोजित एक दलीय कार्यक्रमबीच वर्तमान मोर्चा अध्यक्ष बिनय तामङले विभिन्न पार्टी त्यागेर मोर्चामा सामेल हुन आएका समर्थकहरुलाई पार्टीको झण्डा प्रदान गरेका छन् । बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ १६ नम्बर वार्डका ३६ घरले स्थानीय पिङ्की लेप्चाको अगुवाइमा झण्डा ग्रहण गरेका छन् । ३५ नम्बर समष्टि उपाध्यक्ष बिनय घिसिङको सक्रियतामा उनिहरुलाई सम्पर्क गर्ने कार्य भएको थियो । कालेबुङ १६ नम्बर वार्ड सहिद बरुण भुजेल निर्वाचित भएको वार्ड हो । अबदेखि वार्डवासीको विभिन्न समस्या लिएर पार्टीका शीर्ष नेतृत्वहरु समक्ष गएर वार्डको बिकास गर्ने आज समर्थन गर्नेहरुले बताएका छन् ।यसरी नै यहाँको अप्पर इच्छे ३४ नम्बर समष्टिबाट पनि निमा लामु भोटियाको नेतृत्वमा कुल १० परिवारले बिमल पन्थी,जाप,बिजेपी छोडेर गोर्खा जनमुक्ति मोर्चामा सामेल हुँदै दलिय झण्डा ग्रहण गरेका छन् । नयाँ सोच र नयाँ बिचारमा पहाडको उन्नति भइरहेको देखेर साथै कोभिडको महामारीमा जिटिए अध्यक्ष अनित थापाको निस्वार्थ कार्य देखेर आफुहरु प्रभावित भएको उनीहरुले बताएक
Comments
Post a Comment