राज्य सभा सांसद शान्ता छेत्रीलाई खरसाङ शहर समितिद्वारा सम्बर्द्धना

राज्य सभा सांसद शान्ता छेत्रीलाई खरसाङ शहर समितिद्वारा सम्बर्द्धना
खरसाङ,11 सेप्टेम्बर (सुवास छेत्री): राज्य सभा सांसद तथा तृणमूल कांग्रेसको राष्ट्रीय स्टेरिंग कमिटीकी सदस्य शान्ता छेत्रीलाई आज हिल तृणमूल कांग्रेस खरसाङ शहर समितिद्वारा सम्बर्द्धना जनाइयो। तिनलाई शाल ओड़ाएर अनि सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। छेत्रीलाई सम्बर्द्धना पत्र खरसाङ शहर समितिका सभापति आरीफ खानको बाहुलीबाट प्रदान गरियो अनि शाल समितिका सचिव लक्ष्मण शर्माको बाहुलीबाट ओड़ाइयो। त्यसबाहेक हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राई, अधिवक्ता रमेश अग्रवाललाई नेपाली टोपी लगाएर अनि मिंगमा आजीलाई शाल ओड़ाएर विशेष सम्मान जनाइ। यस अवसरमा शान्ता छेत्रीले आफूलाई यसरी सम्मान जनाएको आभार व्यक्त गर्दै यो सम्मानले पार्टीमा अझ धेर काम गर्ने जिम्मेवारी बढ़ेको बताइन। तिनले विगतमा हामीले भावनाको राजनीति गरेर आफ्नो अनि सम्पूर्ण पहाड़को भविष्यलाई अन्धकारमा लगेको बताउँदै अब भने सबैले मिलेर तृणमूल कांग्रेसमा आएर यथार्थको राजनीति गर्ने आग्रह गरिन ।

Comments

Popular posts from this blog

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।