मुखले मात्र गर्दैनन् आफै खट्छन् हातले पनि गर्छन् मिरिक नगर प्रशासक एलबी राई

मुखले मात्र गर्दैनन् आफै खट्छन् हातले पनि गर्छन् मिरिक नगर प्रशासक एलबी राई 

मिरिक १० सेप्टेम्बर: दार्जीलिङ जिल्ला प्रशासनले दार्जीलिङ पहाडको पर्यटन ब्यवसायलाई पुनः संचालन गर्न सक्ने हरियो संकेत दिए पछि दशै पर्व अघि पहाडमा पर्यटन मौसम पुनः शुरु हुने सम्भावना देखिएको छ। 

पर्यटन उधोगसित सम्बन्धित ब्यवासायीबर्ग एवं सरोकारीहरुले बितेको छ महिना लामो समय सम्म कोरोना माहामारीको सन्त्रास झेले पछि अब पर्यटन ब्यवासायले सहि दिशा पाउने आशा गरेका छन् । पहाड कि रानी दार्जीलिङको प्रख्यात पर्यटन केन्द्र तथा सानो कश्मिरको रूपमा परिचित मिरिक पर्यटन नगरीमा भने सामान्य प्रकारले पर्यटकहरुको आगमन हुन थालेपछि केन्द्रको रौनकता बडेको छ।

 पर्यटकहरुलाई सफा अनि सुग्घर परिवेश सृजना गर्न तथा स्वच्छ माहोलमा घुम्न सकोस् भन्ने उदेश्य राखेर मिरिक नगरपालिका अध्यक्ष एवं जिटिएका कार्यकारी सदस्य एलबि राई स्वयं फुलबारीको साफसफाईमा जुटेका छन् । राई आजमात्र होइन सदैव पर्यटन केन्द्र राम्रो अनि उदाहरणीय होस भन्ने ठान्छ ।फलस्वरूप फुलबारीमा फुलहरुमा आफै पानी हाल्छन ।

कर्मचारीहरुसङ्ग हातेमालो गर्दै स्वच्छ परिवेश सृजना गर्न सबैलाई उत्साह प्रदान गर्छन् । आफ्नो ठाँउ आफै सफा राखौ तबमात्र पर्यटकहरु रमाउन सक्छ भन्ने संदेश दिदै नगरपालिका अध्यक्ष राई अरुको निम्ति प्रेरणाको श्रोत बनेका छन् । राईको सालिनता अनि ठुलो बिचार को सबैले सराहना गरेका छन् ।

Comments

Popular posts from this blog

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।