Posts

Showing posts from September, 2020

२०/०९/२० rashifal

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवेश रमाइलो देखिए पनि साता खर्चिलो रहनेछ। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। साेमवारदेखि अरूको मुख ताक्नुपर्ने स्थिति आउन सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। धेरै समय अरूका काममा जुट्नुपर्ला। बीचमा परिस्थितिसँग संघर्ष गर्नुपरे पनि बिहीवारपछिको समय उत्साहवर्धक रहनेछ। दिगो काम सुरु हुनेछ भने कर्मयोगले कीर्तिमानी दिलाउनेछ। सहयोगीहरू जुट्नेछन् भने मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सुरुमा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मुद्दा र प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। रमाइलो यात्रा र प्रियजनसँग भेटघाट गर्ने साइत जुर्नेछ। बिहीवारदेखि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्नेछ। अवसरवादीहरूले सताउने हुँदा सावधान रहनुहोला।अरूका लागि श्रम र धन खर्च गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने स्थिति आउला। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ। मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ...

बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ १६ नम्बर वार्डबाट ३६ घर बिनय पंन्थी मोर्चामा सामेल , अप्पर इच्छेबाट पनि १० परिवारले समाए गोजमुमोको झण्डा ।

Image
बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ १६ नम्बर वार्डबाट ३६ घर बिनय पंन्थी मोर्चामा सामेल , अप्पर इच्छेबाट पनि १० परिवारले समाए गोजमुमोको झण्डा ।अहिले गोर्खा जनमुक्ति मोर्चा बिनय समूहमा सामेल हुने क्रम जारी छ ।आज कालेबुङको एउटा होटलमा आयोजित एक दलीय कार्यक्रमबीच वर्तमान मोर्चा अध्यक्ष बिनय तामङले विभिन्न पार्टी त्यागेर मोर्चामा सामेल हुन आएका समर्थकहरुलाई पार्टीको झण्डा प्रदान गरेका छन् । बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ १६ नम्बर वार्डका ३६ घरले स्थानीय पिङ्की लेप्चाको अगुवाइमा झण्डा ग्रहण गरेका छन् । ३५ नम्बर समष्टि उपाध्यक्ष बिनय घिसिङको सक्रियतामा उनिहरुलाई सम्पर्क गर्ने कार्य भएको थियो । कालेबुङ १६ नम्बर वार्ड सहिद बरुण भुजेल निर्वाचित भएको वार्ड हो । अबदेखि वार्डवासीको विभिन्न समस्या लिएर पार्टीका शीर्ष नेतृत्वहरु समक्ष गएर वार्डको बिकास गर्ने आज समर्थन गर्नेहरुले बताएका छन् ।यसरी नै यहाँको अप्पर इच्छे ३४ नम्बर समष्टिबाट पनि निमा लामु भोटियाको नेतृत्वमा कुल १० परिवारले बिमल पन्थी,जाप,बिजेपी छोडेर गोर्खा जनमुक्ति मोर्चामा सामेल हुँदै दलिय झण्डा ग्रहण गरेका छन् ।...

राज्य सभा सांसद शान्ता छेत्रीलाई खरसाङ शहर समितिद्वारा सम्बर्द्धना

Image
राज्य सभा सांसद शान्ता छेत्रीलाई खरसाङ शहर समितिद्वारा सम्बर्द्धना खरसाङ,11 सेप्टेम्बर (सुवास छेत्री): राज्य सभा सांसद तथा तृणमूल कांग्रेसको राष्ट्रीय स्टेरिंग कमिटीकी सदस्य शान्ता छेत्रीलाई आज हिल तृणमूल कांग्रेस खरसाङ शहर समितिद्वारा सम्बर्द्धना जनाइयो। तिनलाई शाल ओड़ाएर अनि सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। छेत्रीलाई सम्बर्द्धना पत्र खरसाङ शहर समितिका सभापति आरीफ खानको बाहुलीबाट प्रदान गरियो अनि शाल समितिका सचिव लक्ष्मण शर्माको बाहुलीबाट ओड़ाइयो। त्यसबाहेक हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राई, अधिवक्ता रमेश अग्रवाललाई नेपाली टोपी लगाएर अनि मिंगमा आजीलाई शाल ओड़ाएर विशेष सम्मान जनाइ। यस अवसरमा शान्ता छेत्रीले आफूलाई यसरी सम्मान जनाएको आभार व्यक्त गर्दै यो सम्मानले पार्टीमा अझ धेर काम गर्ने जिम्मेवारी बढ़ेको बताइन। तिनले विगतमा हामीले भावनाको राजनीति गरेर आफ्नो अनि सम्पूर्ण पहाड़को भविष्यलाई अन्धकारमा लगेको बताउँदै अब भने सबैले मिलेर तृणमूल कांग्रेसमा आएर यथार्थको राजनीति गर्ने आग्रह गरिन ।

मुखले मात्र गर्दैनन् आफै खट्छन् हातले पनि गर्छन् मिरिक नगर प्रशासक एलबी राई

Image
मुखले मात्र गर्दैनन् आफै खट्छन् हातले पनि गर्छन् मिरिक नगर प्रशासक एलबी राई  मिरिक १० सेप्टेम्बर: दार्जीलिङ जिल्ला प्रशासनले दार्जीलिङ पहाडको पर्यटन ब्यवसायलाई पुनः संचालन गर्न सक्ने हरियो संकेत दिए पछि दशै पर्व अघि पहाडमा पर्यटन मौसम पुनः शुरु हुने सम्भावना देखिएको छ।  पर्यटन उधोगसित सम्बन्धित ब्यवासायीबर्ग एवं सरोकारीहरुले बितेको छ महिना लामो समय सम्म कोरोना माहामारीको सन्त्रास झेले पछि अब पर्यटन ब्यवासायले सहि दिशा पाउने आशा गरेका छन् । पहाड कि रानी दार्जीलिङको प्रख्यात पर्यटन केन्द्र तथा सानो कश्मिरको रूपमा परिचित मिरिक पर्यटन नगरीमा भने सामान्य प्रकारले पर्यटकहरुको आगमन हुन थालेपछि केन्द्रको रौनकता बडेको छ।  पर्यटकहरुलाई सफा अनि सुग्घर परिवेश सृजना गर्न तथा स्वच्छ माहोलमा घुम्न सकोस् भन्ने उदेश्य राखेर मिरिक नगरपालिका अध्यक्ष एवं जिटिएका कार्यकारी सदस्य एलबि राई स्वयं फुलबारीको साफसफाईमा जुटेका छन् । राई आजमात्र होइन सदैव पर्यटन केन्द्र राम्रो अनि उदाहरणीय होस भन्ने ठान्छ ।फलस्वरूप फुलबारीमा फुलहरुमा आफै पानी हाल्छन । कर्मचारीहरुसङ्ग हातेमालो गर्दै स्वच्छ परिव...

निरपानीमा गोजमुमो बिध्याथी मोर्चा गठन ।

Image
निरपानीमा  गोजमुमो बिध्याथी  मोर्चा गठन ।                         निरपानी :९ सेप्टेम्बर हिजो गोजमुमो बिध्याथी मोर्चा निरपानी शाखा गठन गर्यो  सभापतिको भार श्री  आदित्य छेत्री महासचिवको भार श्री अमित गुरूङ लाई चयन गरे गोजामुमो बिध्याथी मोर्चा केन्द्र सदस्य श्रीमान मनोज थापा ,देबिस छेत्री, महकुमा अध्यक्ष कुन्दन प्रधान उप अध्यक्ष महकुमा दया शर्मा  सचिव  महकुमा बिबेक भण्डारी सहसचिव महकुमा  निरपानी शाखाका महासचिव बिदुर छेत्री उपस्थित रहेका थिए !