कोरोना प्रकोपको डरले यूपीको प्रतापगढ़मा निर्माण भयो कोरोना माताको मन्दिर:गाउँलेहरुले नाम दिए " कोरोना माता मन्दिर "

कोरोना प्रकोपको डरले यूपीको प्रतापगढ़मा निर्माण भयो कोरोना माताको मन्दिर:
गाउँलेहरुले नाम दिए " कोरोना माता मन्दिर "

कोरोना सङक्रमणले मानिसहरूको मनमा भय उत्पन्न गरेको छ भन्दा कुनै अतियुक्ती नहोला, कोरोना सङ्क्रमण देखि वाक्क बनेर अब मानिसहरु आस्थाको बाटो अप्नाउन थालेका छन्।

यस्तै एउटा घट्ना प्रकाशमा आएको छ। घट्नाक्रम अनुसार उत्तर प्रदेशको प्रतापगढ़ जिल्ला अन्तर्गत साङ्गीपुरको पूरे जूही (शुकुलपुर) गाउँमा कोरोना महामारीले तिनजनाको ज्यान लिएपछि गाउँलेहरु डराए, यस्तोमा गाउँको लोकेश श्रीवास्तवको  पहलमा गाउँलेहरुले  7 जून को दिन गाउँमा कोरोना माताको मूर्ति स्थापित गरे।

उक्त स्थापना गरिएको मन्दिर भित्र एउटा मुर्ति पनि स्थापित गरिएको छ। मानिसहरु टाडा टाडाबाट उक्त कोरोना मन्दिरमा पुजा अर्चना गर्न पुगिरहेको समाचार माध्यमहरुले उल्लेख गरेको छ।

विशेष अर्डरमा तयार गरिएको उक्त मूर्ति गाउँको निमको रुख मुनि स्थापित गरिएको छ, त्यसपछि उक्त मन्दिरलाई कोरोना मन्दिरको नाम दिइएको बताइएको छ।

खबर माध्यमहरुले उल्लेख गरेअनुसार ," गाउँलेहरुको आस्थाअनुसार उनीहरुको पूर्वजले चेचक रोगलाई माता शीतलाको स्वरुप मानेका थिए,त्यसपछि बिरामी कम भएको थियो अनि अब कोरोना पनि देवी माता को नै स्वरुप हो भन्ने गाउँलेहरुको दाबी रहेको बताइएको छ "

गाउँलेहरुले दाबी गरेअनुसार ," यो विश्वको प्रथम   कोरोना माताको मन्दिर हो,
मन्दिरको भित्तामा केही सन्देशहरु पनि लेखिएको छ,
जस्तै,  कृपया दर्शन अघि मास्क लगाउनुहोस्, हात धुनुहोस्, टाडैबाट दर्शन गर्नुहोला, नत्र.. इत्यादी।

यद्यपि यसप्रकारको कोरोना माता मन्दिर दक्षिण भारतको केरला अनि तमिलनाडुको कोयम्बटूरमा पनि निर्माण गरिएको छ।
यसभन्दा अघि केरलाको कोल्लम जिल्लाको कडक्कल स्थित एउटा मन्दिरको पुजारीले कोरोना भाइरसको डरलाई हटाउन आफ्नो घरछेउमा
कोरोना देवीको मूर्ति स्थापित गरेका थिए।

मानिसहरुले यस घट्नालाई अन्धविश्वास अनि आस्था दुवै नजरले हेरिरहेका खबर श्रोतले उल्लेख गरेको छ।

( गोर्खाल्याण्ड24x7 न्यूज डेस्क )

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।